साउथह्याम्पटन काराबाओ कप फुटबलको सेमिफाइनलमा

साउथह्याम्पटन काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई २-० ले पराजित गर्दै साउथह्याम्पटन सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन सेकोउ मारा र मोउसा जेनेपोले समान १-१ गोल गरे । एकतर्फी बनेको खेलमा खेलको २३ औं मिनेटमा माराले गोल गर्दै साउथह्याम्पटन अग्रता दिलाएका थिए । त्यस्तै खेलको २८ औं मिनेटमा मोउसाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।



पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा दुबै टोलीबाट गोल भएन र खेल साउथह्याम्पटनले २-० ले आफ्नो पक्षमा पर्दै अन्तिम चरम आफ्नो स्थान सुरक्षित गर्यो । त्यसैगरी बुधबार राति नै भएको अर्को खेलमा नटिङघम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित समाचार