नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।
इङ्लिस प्रिमियर लिग फुटबलमा फुलहम विजयी भएको छ । बिहीबार राति भएको खेलमा फुलहमले चेल्सीलाई २-१ ले पराजित गरेको हो ।
फुलहमको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ४७ औं मिनेटमा चेल्सीका कालिदौ कौलीबलीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ७३ औं मिनेटमा अल्भेस मोरिस ७३ औं मिनेटमा घरेलु टोलीलाई २-१ को जित दिलाए ।
त्यसअघि खेलको ५८ औं मिनेटमा डेब्यु खेलाडी जोआओ फेलिक्सले रातो कार्ड खाएपछि चेल्सी दश खेलाडीमा समेटिएको थियो । जितसँगै फुलहम १९ खेलमा ३१ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने १८ खेलमा २५ अंक जोडेको चेल्सी १० औं स्थानमा रहेको छ ।