आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल टस जितेर पहिले बलिङ गर्दै

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टेष्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गर्ने भएको छ  । नेपालले टस जितेर पहिले बलिङको निर्णय लिएको हो ।

जिम्बावेमा जारी प्रतियोगितामा आज (बिहीबार) नेपालको भने यो तेस्रो खेल हो भने वेस्ट इन्डिजको दोस्रो खेल ।जिम्बावेको राजधानी हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै प्रतियोगतामा पहिलो दोस्रो दर्ता गर्ने योजनाका साथ मैदान उत्रदैछ । तर बलियो राष्ट्र वेस्ट इन्डिजलाई पराजित गर्न त्यति सजिलो हुने छैन । यात वेस्ट इन्डिज पनि नेपाललाई हराउदै प्रतियोगितामा दोस्रो जित हात पार्ने योजनामा रहेको छ ।



पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले हराएको थियो । छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई रहेका छन् ।

विश्वकप छनोटको दोस्रो खेलमा नेपालले आज तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्न लागेको नेपालले आफ्नो चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

सम्बन्धित समाचार