नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असार ।
जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा वेस्ट इन्डिजले नेपाल सामू जितको लागि ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आज (बिहीबार) जिम्बावेको राजधानी हरारे स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो । वेस्ट इन्डिजको लागि कप्तान साइ होपले १३२ र निकोलश पुरनले ११५ शतकीय पारी खेले भने ब्रानडन किङ्ग ३२ रन बनाए । होप र पुरनले चौथो विकेटका लागि २१६ रनको साझेदारी गर्दै टोलीलाई मजबुद स्थितिमा पुर्याएका हुन् ।
त्यस्तै रोमन पावेलले २९ रन बनाई आउट भए भने जेसन होल्डर १६ रनमा अविजित रहे । नेपालको लागि ललित नारायण राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऎरी र गुलशन झाको भागमा समान १-१ विकेट रह्यो ।
नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै प्रतियोगतामा पहिलो दोस्रो दर्ता गर्ने योजनाका साथ मैदान उत्रदैछ । तर बलियो राष्ट्र वेस्ट इन्डिजलाई पराजित गर्न त्यति सजिलो हुने छैन । यात वेस्ट इन्डिज पनि नेपाललाई हराउदै प्रतियोगितामा दोस्रो जित हात पार्ने योजनामा रहेको छ ।
पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले हराएको थियो । छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई रहेका छन् ।
विश्वकप छनोटको दोस्रो खेलमा नेपालले आज तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्न लागेको नेपालले आफ्नो चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।
समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।