आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजद्वारा नेपाल १०१ रनले पराजित   

जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपाल पराजित भएको छ  । बिहीबार भएको खेलमा नेपाल टेष्ट राष्ट्र वेस्ट इन्डिजसँग १०१ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

जिम्बावेको राजधानी हरारे स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो । वेस्ट इन्डिजको लागि कप्तान साइ होपले १३२ र निकोलश पुरनले ११५ शतकीय पारी खेले भने ब्रानडन किङ्ग ३२ रन बनाए ।  होप र पुरनले चौथो विकेटका लागि २१६ रनको साझेदारी गर्दै टोलीलाई मजबुद स्थितिमा पुर्याएका हुन् ।



त्यस्तै रोमन पावेलले २९ रन बनाई आउट भए भने जेसन होल्डर १६ रनमा अविजित रहे । नेपालको लागि ललित नारायण राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऎरी र गुलशन झाको भागमा समान १-१ विकेट रह्यो ।

३४० रनको विषयल लक्ष्य लिएर मैदान उत्रेको नेपाल नेपालले ४९ दशमलब ४ ओभरमा अलआउट हुँदै २३८ रनमा समेटियो  । नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।  यस्तै गुलसन झाले ४२ रन बनाई आउट भए भने यस्तै कप्तान रोहित पौडेलले ३० रन जोडे । त्यस्तै  आसिफ शेखले २८ रन जोड्दा करण केसीले २८ रन बनाए । वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ विकेट लिए भने अल्जारी जोसेफ, किमो पल र अकिल होसेनले समान २-२ विकेट लिँदा कायल मेयर्सको नाममा १ विकेट रह्यो ।   ।

पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले हराएको थियो । जितसंगै वेस्ट इन्डिज २ खेलमा ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ भने समान ३ खेलमा २ अंक जोडेको नेपाल चौथो स्थानमा झरेको छ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई रहेका छन् ।

विश्वकप छनोटको दोस्रो खेलमा नेपालले आज तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्न लागेको नेपालले आफ्नो चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

सम्बन्धित समाचार