आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्स  भिड्दै

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बावेमा जारी प्रतियोगितामा आज (शनिबार) नेपाल र नेदरल्यान्ड्स भिड्न लागेका हुन् ।

जिम्बावेको राजधानी हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा  हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्नु पर्नेछ । यदि पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।



नेपाल नेदरल्यान्ड्सलाई पराजित गर्दै प्रतियोगतामा दोस्रो दोस्रो दर्ता गर्ने योजनाका साथ मैदान उत्रदैछ । यता नेदरल्यान्ड्स पनि नेपाललाई हराउदै प्रतियोगितामा दोस्रो जित हात पार्ने योजनामा रहेको छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो अमेरिकालाई ६ विकेटले र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । यता नेदरल्यान्ड्स भने पहिलो खेलमा  जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो भने  नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो थियो । नेपाललाई पराजित गरे नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ ।

यससँगै ३ खेलमा १ जित र २ हार सहित २ अंक जोडेको नेपाल समूह ‘ए’ को चौथो स्थानमा छ भने २ खेलमा १ जित र १ हार सहित २ अंक नै जोडेको  नेदरल्यान्ड्स रन रेटमा अघि रहँदै तेस्रो स्थानमा रहेको छ ।

छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई रहेका छन् । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

विश्वकप छनोटको दोस्रो खेलमा नेपालले आज तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्न लागेको नेपालले आफ्नो चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

सम्बन्धित समाचार