सीमा मिच्नेलाई दण्डित गर्ने भारतीय गृहमन्त्रीको चेतावनी

भारतका गृहमन्त्री अमित शाहले छिमेकी देशहरुसँगको सीमा विवादलाई लिएर कडा अभिव्यक्ति दिएका छन् । उनले आफ्नो देशको सीमा अतिक्रमण गर्नु कुनै बच्चाको खेल नभएको भन्दै यस्तो गर्न खोज्नेले दण्डित गर्ने बताएका छन्।

भारत र चीनबीच एक महिनादेखि सीमा क्षेत्रमा तनाव बढिरहेको छ । लद्दाखमा दुई देशका सैनिकबीच बारम्बार मुठभेड भएपछि अहिले दुबै देश वार्तामा छन् । पाकिस्तानसँग जम्मु कश्मिरलाई लिएर भारतको अन्त्यहीन संघर्ष छ ।



यसैगरी अहिले नेपालसँग पनि सीमा विवाद चर्किएको छ । नेपालले कालापानी-लिम्पियाधुरालाई समावेश गर्दै नयाँ नक्सा प्रकाशित गरेपछि भारत रुष्ट बनेको छ । कुनै देशकाे नाम नलिइ शाहले भारतको बोर्डरमा छेडछाड गर्नु बच्चाको खेल नभएको उनले बताए।

सम्बन्धित समाचार