लकडाउनले युरोपमा जोगायो झण्डै ३१ लाख मानिसको ज्यान

लकडाउनका कारण युरोपका कोरोना भाइरसका कारण मृत्यु हुने सक्ने ३० लाख भन्दा बढी मानिसको ज्यान जोखिएको एक अध्ययनले आँकलन गरेको छ । इम्पेरियल कलेज लण्डनको समूहले गरेको अध्ययनले लकडान नगरिएको भए युरोपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या अति धेरै हुने देखिएको उल्लेख छ ।

अनुसन्धानकर्ताले सावधानीका उपायहरुका कारण जनसंख्याको सानो अंशमा मात्रै संक्रमण भएको भए पनि अझै पनि महामारीको सुरुवाति चरणमै रहेकाले जोखिम अधिक रहेको चेतावनी दिएका छन् । अर्को एक अध्ययनले पनि विश्वभर भएका लकडाउनले छोटो समयमा धेरै मानिसको जीवन जोगाएको उल्लेख छ ।  इम्पेलियल कलेजले युरोपका ११ देशहरुमा लागु गरिएको लकडाउनसहितका सावधानीको प्रभाव मूल्यांकन गरेका हुन् ।



अस्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नर्वे, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड र बेलयातमा मे को सुरुसम्म लकडाउनको प्रभाव अध्ययनको क्रममा हेरिएको हो । त्यो बेलासम्म ती ११ देशमा कोरोना भाइरसका कारण झण्डै एक लाख ३० हजार मानिसको ज्यान गएको थियो ।

अनुसन्धानकर्ताहरुले लकडाउन नभएको भए कति मानिसको ज्यान जाने थियो भन्ने आँकलन गर्नका लागि ‘डिजिज मोडलिङ्ग’ को प्रयोग गरेका हुन् । यसरी उनीहरुले लकडाउन लागु नभएको भए मे ४ सम्ममा ती ११ देशमा कोरोना भाइरसका कारण ३२ लाख मानिसको ज्यान जाने आँकलन गरे ।

यसको अर्थत लकडाउनसहितका प्रतिबन्धात्मक सावधानीले झण्डै ३१ लाख मानिसको ज्यान जोगायो । लकडाउनले बेलायतमा चार लाख ७० हजार, फ्रान्समा ६ लाख ९० हजार तथा इटालीमा ६ लाख ३० हजार मानिसको ज्यान जोगाउन सफल भएको अनुसन्धान प्रतिवेदनमा आँकलन गरिएको छ ।

यो अनुसन्धान प्रतिवेदन नेचर जर्नलमा प्रकाशित भएको छ । अनुसन्धानमा संलग्न इम्पेरियल कलेजका डा। सेथ फ्लाक्सम्यानले भनेका छन्, ‘लकडाउनले लाखौँ मृत्युलाई रोक्यो ।’  लकडाउनले ती देशमा ५३ करोड भन्दा बढी मानिसलाई संक्रमणबाट जोगाएको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

तर अनुसन्धानकर्ताले महामारी सकिएको नभई सुरुवाति चरणमै रहेकाले सावधानी र सचेतता अति आवश्यक रहेको बताएका छन् ।

सम्बन्धित समाचार