भारतमा ३ लाख ३२ हजार संक्रमित, ९ हजार ५ सयले ज्यान गुमाए

भारतमा पछिल्लो २४ घण्टामा साढे ११ हजार भन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ५ सय २ नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा संक्रमित संख्या ३ लाख ३२ हजार ४ सय २४ पुगेको छ ।

यसैगरी पछिल्लो विवरण अनुसार यसै अवधिमा कोरोनाका कारण ३ सय ३५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय २० पुगेको छ।



हाल भारतमा संक्रमितमध्ये १ लाख ६९ हजार ७ सय ९८ जना कोरोना निको भएर घर फर्किएका छन् भने १ लाख ५३ हजार १ सय ६ जना उपचार चलिरहेको छ।

सम्बन्धित समाचार