सीमा क्षेत्रमा भिडन्त, २० भारतीय सैनिक मारिए

भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । सोमबार र मंगलबार भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको हो ।

भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । भारतीय सेनाले भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन् । १५ र १६ जुनको राति यहीँ दुवै देशका सैनिकबीच झडप भएको थियो । झडपमा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाइ भएको इलाकामा गम्भीर घाइते भएका १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना देशको अखण्डता र संप्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’ भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्न लागेको पनि उल्लेख गरेको छ ।



यसअघि भारतीय सेनाले एक सैनिक अधिकारी र दुई जवानको मात्र मृत्यु भएको जानकारी दिएको थियो ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पिपुल्स लिबरेसन आर्मी ९पीएलए०को पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्ना सैनिकलाई रोक्न र विवाद समाधानका लागि वार्ताको बाटो अपनाउन भनेका छन् ।

सम्बन्धित समाचार