नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारतमा आफ्नो काम बन्द गर्ने घोषणा गरेको छ । भारतको प्रवर्तन निर्देशनालय ९इडी० ले हालै संस्थाको खाता फ्रिज गरेपछि एम्नेष्टीले यो निर्णय लिएको हो ।
सरकारले गरेको ‘अवरोध तथा आक्रमण’ का कारण काम बन्द गर्ने निर्णय गर्नु परेको संस्थाले जनाएको छ । एम्नेष्टी इण्डियामाथि त्यहाँको सरकारले एकपछि अर्को गर्दै सताएको पनि जनाइएको छ । एमनेष्टीले भारत सरकारले मानव अधिकारवादी संस्थाहरुमाथि ‘विच–हन्ट’ गरिरहेको आरोप पनि लगाएको छ ।
सरकारले आफ्ना कर्मचारीलाई बिदा गर्न, आफूहरुका सबै अभियान र अनुसन्धानात्मक कार्य रोक्न बाध्य पारेको एमनेष्टीले इन्टरनेशनलले जनाएको हो । संस्थाको कामबाट ४० लाखभन्दा बढी भारतका मानिस प्रत्यक्ष लाभान्वित भएको भन्दै एम्नेष्टीले एक लाखभन्दा बढी त भारतमा व्यक्तिगत चन्दादाता नै रहेको उल्लेख गरेको छ ।
जम्मू कश्मीर, दिल्ली दंगा जस्ता मामलामा पारदर्शी र उत्तरदायी बन्न माग राख्दै वकालत गरेकामा मोदी सरकार रुष्ट भएको पनि एम्नेष्टीले जनाएको छ । काम बन्द गर्ने एम्नेष्टीको निर्णयप्रति भारत सरकारको कुनै प्रतिक्रिया आएको छैन ।