युद्धग्रस्त सीरियामा भोकमरीबाट पीडित हुनेहरुको संख्या ७ लाख नाघ्यो

सीरियामा एकातिर खस्किँदो अर्थ व्यवस्था छ भने अर्को तिर कोरोना भाइरसको महामारी जारी छ । बितेको ६ महिना यता त्यहाँ यस्ता पनि मानिसहरु छन् कि जसले पेटभरी खान समेत पाएका छैनन् ।

त्यहाँ भोका पीडितहरुको संख्या सात लाख भन्दा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अन्तर्राष्ट्रिय सहायता समूहको एक रिपोर्टका अनुसार नयाँ आँकडामा बितेका केहि महिना यता पेटभरी खान समेत नपाएकाको संख्या तीव्र रुपले बढ्दै गईरहेको छ ।



भोजन नमिल्ने बच्चाको कुल संख्या ३९ लाखबाट बढेर ४६ लाख पुगेको हो ।

सम्बन्धित समाचार