कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न

कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गरेका छन् ।

सरकारको आपतकालीन बैठकले मंगलवार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो । उनी ९१ वर्षका थिए



कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उनका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ । तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ ।

स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुवेतको अमिर बनेका थिए । त्यसअघि कुवेतमा शेख जाबेर अल–सबाह अमिर थिए।

सम्बन्धित समाचार