नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।
द बर्लिन पेशेन्ट नामबाट चर्चा कमाएका अमेरिकाको क्यालिफोर्नियास्थित स्प्रिन्ग्स शहरमा बस्ने टिमोथी रे ब्राउनको निधन भएको छ । उनको ५४ वर्षको उमेरमा आज निधन भएको हो ।
उनी एचआईभी संक्रमण जस्तो घातक रोगबाट निको हुने संसारकै पहिलो व्यक्ति समेत हुन् ।
ब्राउनकी पार्टनर टिम होफगनले सामाजिक सञ्जालमा यसको बारेमा जानकारी दिएकी हुन् । उनको मृत्यु क्यान्सरकाे कारण भएको बताइएको छ ।