अस्पतालबाट बाहिर आएर समर्थकलाई अभिवादन गरेपछि संक्रमित ट्रम्प फेरि विवादित

कोरोना भाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक विवादित बनेका छन् । कोरोना संक्रमित भएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत ट्रम्प गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेकाले विवादित बनेका हुन् ।

संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिरसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेको बीबीसीको खबरमा उल्लेख छ ।



गाडीमा रहेका उनले मास्क लगाएका थिए। गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नहुने भन्दै आलोचना भएको हो । ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ ।

सम्बन्धित समाचार