ट्रम्प डिस्चार्ज, बाँकी उपचार ह्वाइट हाउसबाटै

कोरोना संक्रमणपछि अस्पताल बसेको ३ दिन बसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै डिस्चार्ज भएका हुन् ।

सोमबार बेलुका मास्क लगाएर ट्रम्प वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका हुन् । बाहिरिने क्रममा ट्रम्पले पत्रकारले सोधेका प्रश्नको जवाफ भने दिएनन् । उनले सबैलाई धन्यबाद मात्रै भनेका थिए । ट्रम्पको बाँकी उपचार ह्वाइट हाउसबाटै हुने चिकित्सकहरूले जनाएका छन् ।



अस्पतालबाट बिदा भएका ट्रम्पले चाँडै चुनावी अभियानमा सामेल हुने बताएका छन् । उनले कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई अनुरोध गरेका छन् ।

 

सम्बन्धित समाचार