नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।
तीन दिन पहिला कोरोना संक्रमण भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उपचार पछि आज अस्पतालबाट ह्वाइट हाउस पुगेका छन् । उनले उक्त समयमा कोरोनाबाट डराउने आवश्यक्ता नरहेको बताएका छन् । डाक्टरले भने उनले आफ्नो स्वास्थ्यको ध्यान राम्रोसँग गर्नुपर्ने बताएका छन् ।
उनले ह्वाइट हाउस पुगे लगत्तै लगाईरहेको मास्क हटाएका थिए । यसैबीच राष्ट्रपति ट्रम्प समेत ह्वाइट हाउसका १५ जना सांसद र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यसको जानकारी दिएका हुन् ।