नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज ।
कोभिड १९ पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् । निको नभईकनै उनी काममा फर्किएको भन्दै उनको आलोचना भईरहेको छ ।
कोरोना संक्रमित भएको हप्ता दिन नबित्दै ट्रम्पले काम थालेका हुुन् । ट्रम्प पछिल्लो २४ घण्टामा कुनै पनि लक्षण नदेखिएपछि काममा फर्किएको बताइएको छ ।
राष्ट्रपति ट्रम्पका चिकित्सक सियन कोनलीले पाँच दिन अघि ज्वरो देखिएको बताउँदै त्यसयता अरु लक्षण नदेखिएको बताए ।