विश्वकप छनोट: इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

ब्राजिल फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा इक्वेडरसँग बराबरीमा रोकिएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए। दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो।

खेलको छैटौं मिनेटमै क्यासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। खेलको १५ औं मिनेटमा गोलरक्षक एलेक्सजेन्डर डोमिन्गुएजले रातो कार्ड खाएपछि इक्वेडर १० खेलाडीमा सीमित भयो। खेलको २० औं मिनेटमा डिफेन्डर इमरसन रोयलले दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेपछि ब्राजिल पनि १० खेलाडीमा समेटियो। ७५ औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो।



छनोटमा ब्राजिलले १४ खेल खेल्दा ११ जित र ३ बराबरीको नतिजा निकालेर ३६ अंक जोडेको छ। छनोटमा ब्राजिलले कोलम्विया र अर्जेन्टिनासँग बराबरी खेलेको थियो। इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

सम्बन्धित समाचार