नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत
त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । आज (सोमबार) नेपाल र पाहुना टोली पीएनजी भिड्न लागेका हुन् ।
यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालविरुद्ध सिरिज क्लिन स्विप गरेको पीएनजी टी-ट्वान्टी सिरिजमा पनि नेपाललाई पराजित गर्दै सिरिजको सुखद सुरुवात गर्ने योजनामा रहेको छ । तर, घरेलु टोली नेपाल पनि एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला लिने योजनाका साथ मैदान उत्रदैछ ।
पछिल्लो खेल हेर्ने हो भने नेपाल र पीएनजी सन् २०१५ मा आईसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा खेलेका थिए । जसमा नेपाल ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालसँग दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल आएको हो । आज देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ ।