नेपालद्वारा पीएनजी सामू १८४ रनको लक्ष्य

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १८४ रनको लक्ष्य लिएको हो । आज (सोमबार) किर्तिपुरको त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८३ रन बनायो ।

नेपालको लागि आसिफ शेखले ४३ रन बनाए भने रोहित कुमार पौडेलले ३४ रन जोडे । त्यस्तै आरिफ शेख ३१ रन बनाई आउट भए भने कुशल भुर्तेलले २० रन जोडे । पीएनजीको लागि चार्ल्स अमिनी,अलेइ नाओ र चाड सोपरले समान २-२ विकेट लिए भने नोरमान भानुआ र रिले हेकुरेको भागमा समान १-१ विकेट रह्यो ।



यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालविरुद्ध सिरिज क्लिन स्विप गरेको पीएनजी टी-ट्वान्टी सिरिजमा पनि नेपाललाई पराजित गर्दै सिरिजको सुखद सुरुवात गर्ने योजनामा रहेको छ । तर, घरेलु टोली नेपाल पनि एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला लिने योजनाका साथ मैदान उत्रदैछ ।

पछिल्लो खेल हेर्ने हो भने नेपाल र पीएनजी सन् २०१५ मा आईसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा खेलेका थिए । जसमा नेपाल ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालसँग दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल आएको हो । आज देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ ।

 

सम्बन्धित समाचार