त्रिकोणात्मक सिरिजको उपाधिको लागि नेपाल र पीएनजी भिड्दै

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । आज (सोमबार) उपाधिको लागि पाहुना टोली पीएनजी घरेलु टोलीसँग भिड्न लागेको हो ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ । आज दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रनेछन् । घरेलु टोली नेपाल समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको हो भने पीएनजी उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिने योजनमा रहेको छ । यसअघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पाहुना टोली पीएनजीले २-० ले क्लिन स्विप गरेको थियो ।



नेपालले ४ खेलमा ४ जित निकाल्दै ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो भने ४ खेलमा १ जित र ३ हारसहित पीएनजी उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । पीएनजीले मलेसियालाई रनरेटमा पछि पार्दै नेपालसँगको भेट पक्का गरेको हो । मलेसियाले पनि ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको थियो । समूह चरणको दुवै खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा १५ रनले र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो । सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सम्बन्धित समाचार