गुजरातद्वारा पन्जाब पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा गुजरात टाइटन्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा गुजरातले पन्जाब किङसलाई ६ विकेटले पराजित गरेको हो । गुजरातको यो लगातार तेस्रो जित हो भने पन्जाबको दोस्रो हार । ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८९ रन बनाएको थियो । पन्जाबका लागि लियाम लिभिङस्टोनले ६४ रनको अर्धशतकीय पारी खेले भने शिखर धवनले ३५ रन बनाए । त्यस्तै जितेश शर्माले २३ रन बनाई आउट भए भने राहुल चाहर २२ रनमा अविजित रहे । गुजरातका लागि राशिद खानले ३ विकेट लिए भने दर्शन नालकंडेको भागमा २ विकेट रह्यो ।



 

१९० रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । गुजरातको लागि सुबमन गिलले ९६ रनको अर्धशतकीय पारी खेले भने शाइ सुधर्शनले ३५ रन बनाए । यस्तै कप्तान हार्दिक पाण्डेयले २७ रन बनाई आउट भए भने राहुल टेवाटीया १३ रनमा अविजित रहे । पन्जाबका लागि कागिसो राबडाले २ विकेट लिए भने राहुल चाहरको भागमा १ विकेट रह्यो । जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ४ खेलमा २ अंक जोडेको पन्जाब छैटौं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार