दिल्ली र राजस्थान विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्स दिल्लीसँग ४४ रनले पराजित भयो भने राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई ३ रनले पराजित गरेको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २१५ रन बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नर र पृथ्वी शाले अर्धशतकीय पारी खेल्दै क्रमश: ६१ र ५१ रन बनाए । त्यस्तै शार्दुल ठाकुर २९ रनमा अविजित रहँदा अक्षर पटेल २२ रनमा नटआउट रहे । यस्तै कप्तान ऋषव पन्त २७ रन बनाई आउट भए । कोलकाताका लागि सुनिल नाराइनले २ विकेट लिए ।



कोलकाता

२१६ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाता १९ ओभर ४ बलमा अलआउट हुँदै १७१ रनमा समेटियो । कोलकाताका लागि कप्तान श्रेयस एयरले ५४ रनको अर्धशतकीय परी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै यस्तै नितिश रानाले ३० रन बनाई आउट भए भने आन्द्रे रसेलले २४ रन जोडे । दिल्लीका लागि कुलदिप यादवले ४ विकेट लिए भने खलिल अहमेदले ३ र शार्दुल ठाकुरको भागमा २ विकेट रह्यो ।जितसँगै दिल्ली ४ खेलमा ४ अंक जोड्दै छैटौं स्थानमा छ भने ५ खेलमा ६ जोडेको कोलकाता दोस्रो स्थानमा रहेको छ ।

दिल्ली

त्यसैगरी आइतबार राति भएको अर्को खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराएको छ । राजस्थानको यो तेस्रो जित हो । मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६५ रन बनाएको थियो । राजस्थानका लागि शिम्रन हिटमायरले ५९ रनको अर्धशतकीय पारी खेले भने देबदुत पडिकलले ३९ रन जोडी रिटायर्ड हर्ट भए भने रविचन्द्र आश्विनले २८ रन बनाए । लखनउका लागि जेसन होल्डर र कृष्नपा गौतमले समान २-२ विकेट लिए ।

राजस्थान रोयल्स

१६६ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन मात्र बनाउन सक्यो । लखनउका लागि क्विन्टन डी ककले ३९ रन बनाए भने दिपक होडाले २५ रन जोडे । यस्तै मार्कुस स्टोनिस ३८ रनमा अविजित रहँदा क्रुनाल पाण्डयले २२ रन जोडे । राजस्थानका लागि युजभेन्द्र चाहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टको भागमा २ विकेट रह्यो ।

जितसँगै राजस्थान ४ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने ५ खेलमा ६ अंक नै जोडेको लखनउ पाँचौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज सनराईजर्स हैदरावाद र गुजरात टाइटन्स भिड्दै छन् ।

लखनउ

सम्बन्धित समाचार