नवकान्तिपुर संवाददाता
काठमाडौं, १ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा पन्जाबले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको हो । मुम्बईको यो लगातार पाँचौं हार हो भने पन्जाबको तेस्रो जित ।
पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १९८ रन बनाएको थियो । पन्जाबका लागि शिखर धवन र कप्तान मायांक अग्रवालले अर्धशतकीय पारी खेल्दै क्रमश: ७० र ५२ रन बनाए भने जितेश शर्मा ३० रनमा अविजित रहे । त्यस्तै साहरुख खान १५ रन बनाई आउट भए भने जोनी बेस्ट्रोले १२ रन जोडे । मुम्बईका लागि बसिल थाम्पीले २ विकेट लिए भने जयदेव उनाडकट , जस्प्रित बुम्राह र मुरुगान आश्विनको भागमा समान १-१ विकेट रह्यो ।
१९९ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बई निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८६ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि देवल ब्रेभिसले ४९ रन बनाए भने सूर्यकुमार यादवले ४३ रन जोडे । यस्तै तिलक बर्मा ३६ रन बनाई आउट भए भने कप्तान रोहित शर्माले २८ रन जोडे । पन्जाबका लागि ओडिन स्मिथले ४ विकेट लिए भने कागिसो रबडाको भागमा २ विकेट रह्यो ।
जितसँगै पन्जाब ५ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने ५ खेलमा अंक जोड्न नसकेको मुम्बई तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दै छन् ।