नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । बुधबार राति भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई ९ विकेटले पराजित गरेको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा अलआउट हुँदै ११५ रनमा समेटिएको थियो । पन्जाबका लागि जितेश शर्माले ३२ रन बनाए भने कप्तान मायांक अग्रवालले २४ र शाहरुख खान र राहुल चाहरले समान १२-१२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । दिल्लीका लागि ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले समान २-२ विकेट लिए भने मुस्तफिजुर रहमानको भागमा १ विकेट रह्यो ।
११६ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १० ओभर ३ बलमा १ विकेट गुमाउदै पूरा गर्यो । दिल्लीको लागि डेभिड वार्नरले अविजित रहँदै ६० रनको अर्धशतकीय पारी खेले भने पृथ्वी शले ४१ रन बनाए । त्यस्तै सर्फराज खान १२ रनमा अविजित रहे । पन्जाबका लागि राहुल चाहरले १ विकेट लिए ।
जितसँगै दिल्ली ६ खेलमा ६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ भने ७ खेलमा ६ अंक जोडेको पन्जाब आठौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दै छन् ।