जिम्बाबेविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

काठमाडौँमा जिम्बाबे ‘ए’ विरुद्धको हुने एकदिवसिय र टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले २३ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी सन्दीप लामिछानेको कप्तानीमा क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको हो । क्यानले युवा बायाँ हाते अलराउन्डर बशिर अहमदलाई पहिलो पटक टोलीमा समावेश गरेको छ । त्यस्तै विनोद भण्डारीले टोलीमा पुनारागमन गर्दा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने टोलीमा समेटिएका छैनन् । घरेलु मैदानमा हुने एकदिवसिय र टी–ट्वान्टी सिरिज बैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा सुरु हुनेछ ।



नेपालले जिम्बाबे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी-२० खेल खेल्नेछ । जिम्बाबे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज बैशाख १७ देखि २१ सम्म चल्नेछ भने टी-ट्वान्टी सिरिज बैशाख २३ देखि २६ सम्म चल्ने छ । १० दिन चल्ने सिरिजमा जिम्बाबेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान)
दिपेन्द्रसिंह ऐरी
कुशल भुर्तेल
आरिफ शेख
आसिफ सेख
रोहित पौडेल
बिनोद भण्डारी
करण केसी
सोमपाल कामी
देव खनाल
किशोर महतो
अदिल अन्सारी
भिम सार्की
सुसन भारी
पवन सरार्फ
अभिनाश बोहरा
बासिर अहमद
लोकेश बम
विवेक यादव
साहब आलम
सागर ढकाल
बिक्रम सोब
सुनिल धमला

नेपाली टिम

जिम्बाबे टिम

 

सम्बन्धित समाचार