राजस्थानद्वारा दिल्ली पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रन बनाएको थियो । उसका लागि ओपनर जस बटलरले ११६ रनको शतकीय पारी खेले भने देवदत्त पाडिक्कले ५४ रनको अर्धशतकिय पारी खेले । त्यस्तै सञ्जु सामसन ४६ रनमा अविजित रहे । दिल्लीका लागि मुस्ताफिर रहमान र खलिल अहमदले समान १-१ विकेट लिए ।



राजस्थानद्वारा दिल्ली पराजित

२२३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४ रन बनाए भने पृथ्वी शाले ३७ जोडे । यस्तै ललित यादव ३७ बनाई आउट भए भने रोमन पाओलले ३६ र डेभिड वार्नरले २८ रन जोडे । राजस्थानका लागि प्रसिद्ध कृष्णले ३ विकेट लिए भने रविचन्द्रन आश्विनको भागमा २ विकेट रह्यो । त्यस्तै युजभेन्द्र चाहल र ओबेद मककायले समान १-१ विकेट हात पारे ।

राजस्थानद्वारा दिल्ली पराजित

जितसँगै राजस्थान ७ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा ६ अंक जोडेको दिली छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा कोलकाता नाइट राईडर्स र गुजरात टाईटन्स भिड्दै छन् भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद आमने सामने हुने छन् ।

 

राजस्थानद्वारा दिल्ली पराजित

राजस्थानद्वारा दिल्ली पराजित

सम्बन्धित समाचार