नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ ।
महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो ।
बैठकमा माओवादी केन्द्रको महासचिवमा ७ नेताले आफ्नो दाबी प्रस्तुत गरेका छन् । जसमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र पम्फा भुसाल रहेका छन् । बैठकमा आ-आफ्नो दाबी प्रस्तुत गरेपछि आजको बैठकमा पनि पदाधिकारीको टुंगो लग्न नसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
उनले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन नसकेको बताए । महराले नेता कृष्णबहादुर महराले पुनःभोलि १ बजे बस्ने बैठकले पधिकारीलाई अन्तिम रुप दिने जिकिर गरे । आज स्थायी समितिको बैठक बस्यो, पदाधिकारी र पार्टी कार्यक्रमका विषयमा विस्तृत छलफल भयो’, पदाधिकारीसम्बन्धी छलफलका विषय बाँकी नरहेको जानकारी दिँदै उनले भने, ‘भोलि अपराह्न १ बजे बस्ने बैठकबाट टुंगो लाग्छ ।’
यता महासचिवका मुख्य दावेदारद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका छन् । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ। महासचिवको चयनलाई लिएर पार्टीभित्र सङ्घर्ष बढेको नेताहरुको भनाइ छ । महासचिवमा स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्माको दाबेदारी रहेको बताइएको छ ।
गत पुसमा आठौँ महाधिवशेन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ ।
यो पनि पढ्नुस :