सन्दीपले मागे क्यानसँग यस्तो सहयोग

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले कानुनी लडाइँ लड्ने बताएका छन् । सन्दीपले आरोपको सामना गर्नका लागि लागि कानुनी लडाईं लड्न तयार भएको बताएका हुन् ।

सन्दीपले यस विषयमा कानुनी लडाईं लड्न तयार भएको भन्दै यसमा सहयोग गर्न नेपाली क्रिकेट संघ (क्यान) लाई आग्रह गरेको क्यानका कार्यबाहक प्रशिक्षक प्रशान्तविक्रम मल्लले जानकरी दिए । सन्दीपले क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको मल्लले बताए ।



सन्दीप हाल क्यारेबियन प्रिमियर लिगको लागि वेस्ट इन्डिजमा रहेका छन् । प्रहरी बृत्त गौशालामा एक १७ वर्षीय नाबालिगले सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । सन्दीपसहित नेपाली टोली भदौ ६ गते केन्या प्रस्थान गरेका थिए ।

यो पनि पढ्नुस :

सन्दीपविरूद्ध किटानी जाहेरी परेको विषयमा जिल्ला प्रहरी परिसरले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

सन्दीपविरूद्ध बलात्कार गरेको आरोपमा जाहेरी

सम्बन्धित समाचार