पाकिस्तानमाथि श्रीलंकाको जित

युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको अन्तिम खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

पाकिस्तानमाथि श्रीलंकाको जित



दुबई क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा अलआउट हुँदै १२१ रनमा समेटिएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ३० रन बनाए भने मोहमद नवाजले २६ रन जोडे । त्यस्तै मोहमद रिजवान १४ रन बनाई आउट भए भने फकर जमान र इफ्तिकार अहमेदले समान १३-१३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । श्रीलंकाका लागि वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए भने महेश थिक्सना र प्रमोद मदुशनको भागमा समान २-२ विकेट रह्यो ।

पाकिस्तानमाथि श्रीलंकाको जित

१२२ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको लागि पाथुम निशन्काले ५५ रनको अर्धशतकीय पारी खेले भने भानुका राजपाक्षेले २४ रन बनाए । त्यस्तै कप्तान दसुन शनकाले २१ रन बनाई आउट भए भने वानिन्दु हसरंगा डी सिल्भा १० रनमा अविजित रहे । पाकिस्तानका लागि मोहमद हस्नैन र हरिस राउफले समान २-२ विकेट लिए भने उस्मान कदिरको भागमा १ विकेट रह्यो । जितसँगै श्रीलंका सुपर चारमा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ भने पाकिस्तान दोस्रो स्थनमा रहँदै उपाधि नजिक पुगेको छ । फाइनल खेल आइतबार हुनेछ ।

पाकिस्तानमाथि श्रीलंकाको जित

पाकिस्तानमाथि श्रीलंकाको जित

पाकिस्तानमाथि श्रीलंकाको जित

पाकिस्तानमाथि श्रीलंकाको जित

सम्बन्धित समाचार