एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि चुमेको हो ।

एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई



दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । श्रीलंकाका लागि भानुका राजपाक्षेले अविजित रहँदै ७१ रनको अर्धशतकीय पारी खेले भने वानिन्दु हसरंगा डी सिल्भाले ३६ रन बनाए । त्यस्तै धनन्जय डी सिल्भाले २८ रन बनाई आउट भए भने चामिका करुनारत्ने १४ रनमा अविजित रहे । पाकिस्तानका लागि हरिस राउफले ३ विकेट लिए भने निशम शाह, शादब खान र इफ्तिखर अहमेदको भागमा समान १-१ विकेट रह्यो ।

एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

१७१ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रनमा समेटिएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इफ्तिखर अहमेदले ३२ रन बनाई आउट भए हरिस राउफले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन समेत सकेनन् ।

एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

श्रीलंकाका लागि प्रमोद मधुसनले ४ विकेट लिए भने वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिँदा चामिका करुनारत्नेको भागमा २ विकेट रह्यो ।
जितसँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि चुमेको छ भने तेस्रो पटक उपाधि जित्ने योजनामा रहेको पाकिस्तान असफल भएको छ ।

एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

सम्बन्धित समाचार