भारतलाई पराजित गर्दै फाइनल पुग्ने योजनामा नेपाल

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै छन् । आज (शुक्रबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो १ बजे बंगलादेश र भुटान भिड्दै छन् । नेपाल आज बलियो भारतलाई हराउँदै उपाधि नजिक पुग्न चाहन्छ । तर, भारत बलियो विरुद्ध जित निकाल्न नेपाललाई त्यति सहज भने हुने छैन । त्यस्तै भारत पनि घरेलु टोली नेपाललाई हराएर उपाधि जित्ने योजनाका साथ मैदान उत्रदै छ ।



नेपाल समूह चरणमा नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपालले २ खेलमा ६ अंक जोडेको थियो । यता समूह ‘ए’ मा रहेको भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।

सम्बन्धित समाचार