नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।
नाबालिगलाई बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने बताएका हुन् । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको भन्दै लामिछानेले आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले फेसबुकमा लेखेका छन् ।
यसअघि उनले आफू विरुद्ध परेको उजुरीले मानसिक रुपमा विछिप्त बनाएको भन्दै बिरामी हुँदा आफूलाई आइसोलेसनमा राखेर स्वास्थ्यलाभ गरिरहेको बताएका थिए । उनले अहिले आफू निको भएको बताएका छन् । लामिछानेले उनले समयक्रममा आफूविरुद्ध लगाइएका गलत आरोपहरु पर्दाफास हुने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु । म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्याउँछु।’ उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् ।
गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकाले सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ति करणी गरेको जाहेरीमा उल्लेख छ । त्यस्तै प्रहरीको आग्रहमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध भदौ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ जारी भएको नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन समेत गरेको थियो । नेपाल फर्कन ढिलाई गरेपछि प्रहरीले लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको छ ।
यस्तो छ सन्दीपको फेसबुक स्ट्याटस
With great hope and strength, I hereby confirm that I am reaching to my home country Nepal on this 6th October 2022 and will submit myself to the authority of Nepal to fight a legal battle against false allegation.
I hereby reiterate that I am INNOCENT and I have complete non-shaken faith in justice system. I firmly believe over all the law enforcement authorities and honorable courts on their fair trial and adjudication and I am just hopeful to get justice at the earliest.
My dear well wishers I assure you all that I am innocent and I have not wronged you. I have recovered from unpleasant situation I went through and I have prepared myself to go through this ordeal to prove myself innocent and victim of conspiracy. I am sure all wrongful allegation charged against me will be unfolded by the span of time.🙏