सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । आज (बिहीबार) लामिछानेले दिएको पुनरावेदनको मुद्दामा सुनवाई हुन नसकेपछि मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो । यसअघि मङ्गलबार काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा प्रमाण बुझाउन आदेश दिएको थियो ।



लामिछाने विदेशमा नै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफू लामिछानेबाट बलात्कृत भएको भन्दै प्रहरी बृत्त गौशालामा जाहेरी दिएकी थिइन् । गत असोज २० गते प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो । लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उनी हाल सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

 

सम्बन्धित समाचार