आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र अमेरिका भिड्दै 

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ  । जिम्बावेमा जारी प्रतियोगितामा आज (मंगलबार) दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन्  ।

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । नेपाल अमेरिकालाई पराजित गर्दै प्रतियोगतामा पहिलो जित दर्ता गर्ने योजनाका साथ मैदान उत्रदैछ भने अमेरिका पनि नेपाललाई पराजित गर्दै जारी प्रतियोगितामा पहिलो जित हात पर्ने योजनामा रहेको छ ।



पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेष्ट इन्डिजसँग ३९ रनले हारेको थियो । छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई रहेका छन् ।

विश्वकप छनोटको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग,  तेस्रो खेल जुन २२ तारिखमा वेस्ट इन्डिजसँग र आफ्नो चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

सम्बन्धित समाचार