नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।
जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाले नेपाललाई जितको लागि २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा अलआउट हुँदै २०७ रनमा समेटियो । अमेरिकाको लागि सयन जंहागीरले अविजित रहँदै १०० रनको शतकीय पारि खेले भने सुशान्त मोदानीले ४२ रन बनाए ।
यस्तै गजानन्द सिंहले २६ र जेसी सिंहले १२ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले ४, गुलशन झाले ३ लिँदा दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । आज नेपाल अमेरिकालाई पराजित गर्दै प्रतियोगतामा पहिलो जित दर्ता गर्ने योजनाका साथ मैदान उत्रदैछ भने अमेरिका पनि नेपाललाई पराजित गर्दै जारी प्रतियोगितामा पहिलो जित हात पर्ने योजनामा रहेको छ ।
पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेष्ट इन्डिजसँग ३९ रनले हारेको थियो । छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई रहेका छन् ।
विश्वकप छनोटको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग, तेस्रो खेल जुन २२ तारिखमा वेस्ट इन्डिजसँग र आफ्नो चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।
समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।