फिफा वरीयतामा नेपाल खस्कियो, कुन स्थानमा छ ?

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल खस्किएको छ । बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान तल झर्दै १७५ औं स्थानमा रहेको हो ।

नेपाल यसअघिको वरीयतामा १७४ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०० औं स्थानमा रहँदा माल्दिभ्स भने १५४ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८४ औं, बंगलादेश १९२ औं, पाकिस्तान २०१औं र श्रीलंका २०७ औं स्थानमा रहेका छन् ।



त्यस्तै नयाँ वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना रहेको छ भने फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा बेल्जियम रहेका छन् ।

सम्बन्धित समाचार