युएईद्वारा नेपाल सामू जितको लागि १८२ रनको लक्ष्य  

जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको दोस्रो प्लेअफ खेलमा युएईले नेपाललाई जितको लागि १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (आइतबार) सुपर सिक्समा पुग्न असफल दुवै टोलीले प्लेअफ खेलेका हुन् ।

जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा अलआउट हुँदै १८१ रनमा समेटियो । युएईका लागि वृत्य अरबिन्दले ४४ रन बनाए भने रोहन मुस्ताफले ३५ रन जोडे ।



यस्तै बसिल हमिद २९ रन बनाई आउट भए भने आर्यांश शर्माले २८, संचित शर्माले १२ र रमिज शाहजादले १० रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३-३ विकेट लिए भने प्रतिस जि.सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।

नेपाल र युएईबीचको खेलमा विजयी हुने टोलीले सातौं स्थानको लागि टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै यस खेलमा पराजित हुने टिमले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।

सम्बन्धित समाचार