शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रुसका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको उक्त भेटमा नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकास, तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रुस सरकारले पुर्याउँदै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल र रुसबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

राजदूत भ्लादीमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रुस इच्छुक रहेको बताउनुभयो । उहाँले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राख्नुभयो ।

सम्बन्धित समाचार