८० मुलुकमा फैलियो कोरोना, कुन देशमा कतिले ज्यान गुमाए ?

कोरोना भाइरसको संक्रमण ८० मुलुकमा फैलिएको छ । यसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ७४ पुगेको छ । ९२ हजार ५ सय ६० जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । अन्य मुलुकमा कोरोनाको संक्रमण फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

चीनको वुहानलाई उद्गमस्थल मानिएको कोरोनाबाट चीनमा सोमबार साँझ थप १ सय ७२ जनाको जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ८० पुगेको छ । ८० हजार २ सय ७० जना संक्रमित भएका छन् । चीन बाहिर १३ वटा मुलुकमा २ सय २१७ जनाको मृत्यु भएको छ । अरु ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।



चीन बाहिर सबैभन्दा धेरै इटालीमा ५२ जनाको मृत्यु भएको छ । यस्तै इरानमा ७७ जना, दक्षिण कोरियामा ३२, अमेरिकामा ९ जना, जापानमा ६, फ्रान्समा ४, हङकङमा २ तथा थाइल्याण्ड, अष्ट्रेलिया, सन मारिनो, फिलिपिन्स, ताइवान र स्पेनमा १-१ जनाको मृत्यु भएको छ । चीनबाहिर १२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।

कोरियामा संक्रमित हुनेको संख्या ५ हजार ३ सय २८ पुगेको छ । ४ सय ६६ जना नयाँ कोरोनाका संक्रमित थपिएपछि बिरामीको संख्या २५ सय २ पुगेको छ ।

इरानमा ७७ जनाको कोरोनाबाट मृत्यु हुँदा संक्रमितको संख्या २३ सय ३६ पुगेको छ । एकैदिन अरु ८ सय ३५ जनामा संक्रमण देखिएको छ।

इरानमा २३ जना सांसदमा समेत कोरोनाको संक्रमण देखिएको बताइएको छ । जापानमा ६ जनाको मृत्यु भएको छ भने २ सय ९४ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा थप १ जनाको मृत्यु भएपछि अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जनाको मृत्यु भएको छ भने २ सय ४ जनामा संक्रमण देखिएको फ्रान्सेली अधिकारीहरुले पुष्टि गरेका छन् ।

स्पेनमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपाल भ्रमण गरेर फर्किएकी एक ६९ बर्षीया महिला छन् । स्पेनमा संक्रमित हुनेको संख्या १ सय ५० रहेको छ ।

अमेरिका–कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा सोमबार थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो ।

अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय ३६ पुगेको छ । विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ४५ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोना त्रास: कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन

सम्बन्धित समाचार