तीव्र संक्रमणका बाबजुद भारतमा आजदेखि लकडाउन खुकुलो, खुले सपिङ्ग मल, रेष्टुरेन्ट र धार्मिक स्थल

अनलक-१ घोषणासँगै भारतमा आज (सोमबार) देखि सपिङ्ग मल, रेष्टुरेन्ट र धार्मिक स्थल सुचारु भएका छन् । भारतले यो निर्णय यस्तो बेला गरेको छ जब आइतबार दैनिक संक्रमणले रेकर्ड तोड्दै ९ हजार ९७१ नयाँ संक्रमित थपिएका थिए ।

भारतमा संक्रमितको संख्या इटाली, स्पेन जस्ता देशहरु भन्दा धेरै पुगेको छ र अब भारत संक्रमितका हिसाबले विश्वको पाँचौँ नम्बरमा पुगेको छ। तर नरेन्द्र मोदी सरकार महामारीका कारण संकटमा परेको अर्थव्यवस्थालाई फेरि चलायमान बनाउन उत्सुक छ । मोदी सरकारको चाहना लाखौँ मानिसहरु फेरि काममा फर्किउन् भन्ने छ ।



यही कारण हो कि ८ जुन देखि भारतमा मल, रेष्टुरेन्ट तथा धामिर्क स्थलहरु खुला गरिएका छन् । तर यी ठाउँहरु खुला राख्नका लागि केही नियमको पालना अनिवार्य रुपमा गर्नुपर्ने भारत सरकारले जनाएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार एक दिशानिर्देश जारी गरेर बढी संक्रमित क्षेत्र छोडेर बाँकी क्षेत्रका होटेल, शपिंग मल, रेष्टुरेन्ट र धार्मिक स्थलहहरु सोमबार अर्थात आजदेखि खोल्नका लागि अनुमति दिएको थियो ।

नियमहरु
–  स्वास्थ्य मन्त्रालयका अनुसार यी क्षेत्रमा ६ फिटको दूरी कायम गर्नुपर्नेछ । मास्क, सेनिटाइजर र थर्मल स्क्रीनिंग अनिवार्य गरिएको छ ।

– रेष्टुरेन्ट संचालकले सबै ग्राहकहरुको सम्पर्क ठेगाना, मोबाइल नम्बर, विदेश यात्रा तथा रोग भए त्यसको विवरण राख्नु पर्ने छ ।

– होटल तथा सपिङ्ग मलमा २४ देखि ३० डिग्रीसम्म एसी चलाउने अनुमति दिइएको छ र हावालाई स्वच्छ राख्न भनिएको छ ।

-ती क्षेत्रहरुमा बिना लक्षणका मानिसहरुलाई मात्रै प्रवेशको अनुमति दिनुपर्ने छ र सार्वजनिक स्थलमा थुक्न प्रतिबन्ध लगाइएको छ ।

-यस्तै धार्मिक स्थल रु मलमा ६५ वर्षभन्दा माथि उमेर भएका व्यक्ति र १० वर्ष भन्दा कम उमेर भएका व्यक्ति तथा गर्भवती महिला र बिरामी व्यक्तिहरुलाई प्रवेश नगर्न भनिएको छ ।

-मलमा आउने व्यक्तिहरुले मोबाइलमा आरोग्य सेतु ऐप डाउनलोड गर्न सल्लाह दिइएको छ।

-धार्मिक स्थलमा आउनेहरुले आफ्नो जुत्ता चप्पल गाडीमै राख्नुपर्ने छ जो सँगै गाडी छैन उसले आफ्नो जुत्ता चप्पलको व्यवस्था आफै गर्नुपर्ने छ। मन्दिरमा प्रसाद दिइने छैन ।

सम्बन्धित समाचार