पूर्वप्रधानमन्त्रीसहित चर्चित तीन जना नेतामाथि बलात्कारको आरोप लागेको छ । पाकिस्तानकाको इस्लामावाद बस्ने अमेरिकी ब्लगर साईन्थिया रिचीले विपक्षी पाकिस्तान पिपुल्स पार्टी (पिपिई) का तीन नेतामाथि बलात्कारको आरोप लगाएकी हुन ।
फेसबुक लाइभमा रिचीले दाबी गरेअनुसार तत्कालीन गृहमन्त्री रहमान मलिकले २०११ मा उनको बलात्कार गरेका थिए । रिचीका अनुसार यो घटना मन्त्रीकै निवासमा भएको थियो, जतिबेला उनी मदिरामा लट्ठ थिइन् । त्यस्तै, पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीले गलत नियतले आफ्नो शरीरमा छोएको उनको आरोप छ । त्यस्तै, आरोप पूर्वसंघीय मन्त्री मखुम साहाबुद्धिनमाथि पनि लगाइएको छ ।
रिचीका अनुसार यौन शोषणमा मुछिने नेता यीमात्रै होइनन्, उनका अनुसार पूर्वप्रधानमन्त्री नवाज सरिर्फको पार्टी मुस्लिम लिग–नवाजमा आबद्ध केही नेताहरुले पनि यस्तै हर्कत गर्ने गरेका छन् ।
अब प्रश्न एउटै छ किन ९ वर्ष पुरानो घटना अहिले चर्चामा आएको छ रु यो सबै शृंखला मेइको अन्त्यमा शुरू भयो । जब रिचीले पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोमाथि अन्य महिलाको बलात्कारका लागि आदेश दिएको आरोप लगाइन् । रिचीका अनुसार भुट्टोले आफ्ना श्रीमान्सँग प्रेम–सम्बन्धमा रहेका महिलाहरुमाथि बलात्कार गर्न आफ्ना अंगरक्षकहरुलाई आदेश दिन्थिन् ।
रिचीको यस्तो अभिव्यक्तीपछि पिपिपिले उनीविरुद्ध घृणा फलाउने टिप्पणी र आफ्ना पूर्व नेतृको बेइज्जती आरोपमा प्रहरीमा उजूरी दियो । त्यसको एक सातापछि रिचीले पिपिपिका नेताहरुले आफूलाई बलात्कार तथा दुव्यवर्हार गरेको आरोप लगाएकी हुन् ।
यस प्रकरणपछि पूर्वमन्त्री रहमान मलिकले रिचीविरुद्ध चरित्र हत्याको आरोपमा मुद्दा दायर गरेका छन् । रिचीको अभियोगबारे कतिपय टिप्पणीकर्ताले औंला उठाएका छन् ।
इमरान खानको सरकार निकटकी यी महिला देशले सामना गरिरहेको स्वास्थ तथा आर्थिक संकटबाट जनताको ध्यान मोड्नका लागि प्रयोग भएको हुनसक्ने समेत कतिपयले बताएका छन । कतिपयले भने उनलाई सिआईएको जासूस पनि भनेका छन् ।