भारतमा कोरोना संक्रमित संख्या २ लाख ९८ हजार २ सय ३८ पुगेको छ । विहीबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढ्यो र ३ सय ९३ को ज्यान गयो । यो आँकडा कोभिड १९ इन्डिया डट ओआरजीको आधारमा हो ।
यसबाहेक भारत संक्रमितको मामिलामा स्पेन (२.८९ लाख) र बेलायत (२.९१ लाख) भन्दा अघि आएको छ । अब भारत सर्वाधिक संक्रमित सूचीको चौथो स्थानमा छ ।
हाल शीर्ष ७ देशमा अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन र इटली छन् । लकडाउन खुकुलो भएसँगै भारतमा कोरोना आक्रमक भएकोले लकडाउनको मोडालिटीबारे पुर्नविचार गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।