पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्च आयोगमा कार्यरत दुई कर्मचारी सोमवार बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बेपत्ता दुई कर्मचारीमध्ये एक ‘केन्द्रीय औद्योगिक सुरक्षा बल’९सीआइएसएफ०का जवान छन् भने अर्का एक जना चालक हुन् ।
इस्लामावादस्थित भारतीय उच्चायोगका कर्मचारी बेपत्ता भएको बारेमा भारतको विदेश मन्त्रालयले पाकिस्तानको ध्यानाकर्षण गराएको बताइएको छ । उनीहरु ड्युटीका लागि हिँडेका भए पनि गन्तव्यमा नपुगेको पाकिस्तानस्थित भारतीय उच्चायोगलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको अपहरण भएको आशंका भारतीय अधिकारीले गरेका छन् ।
केही अघि नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका दुई कर्मचारीलाई भारतले जासुसीको आरोपमा २४ घण्टाभित्र देश छाड्न निर्देशन दिएको थियो । उनीहरुले एक भारतीय नागरिकलाई आर्थिक प्रलोभनमा केही भारतीय प्रतिष्ठानका समवेदनशील दस्तावेज हासिल गरिरहेको अवस्थामा दिल्ली प्रहरीले पक्राउ गरेको भारतीय पक्षको दावी छ । पाकिस्तानले भने उक्त आरोप अस्वीकार गरेको थियो ।