उच्च ज्वरोसँगै स्वास फेर्न समस्या भएपछि दिल्लीका स्वास्थ्यमन्त्री अस्पताल भर्ना

उच्च ज्वरोसँगै स्वास फेर्न समस्या भएपछि दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन अस्पताल भर्ना भएका छन् । उनलाई राजीव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ ।



मंगलबार नै उनको कोरोना संक्रमण परीक्षण गर्ने तयारी भइरहेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सत्येन्द्र जैनको स्वास्थ्यबारे ट्वीट गरेका छन् ।

उनले लेखेका छन्, ‘आफ्नो स्वास्थ्यको ख्याल नगरी तपाईँ रात दिन चौबिसै घण्टा जनताको सेवामा लागिरहनु भयो, स्वास्थ्य लाभको कामना ।’

सम्बन्धित समाचार