भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ । सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो । सोमबार राति दुई पक्षबिच ठूलो भिडन्त भएको भारतीय सेनाले जनाएको छ ।
समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबीच हाल वार्ता भइरहेको जनाइएको छ।
भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबीच तनावको अवस्था रहँदै आएको छ । समस्या समाधानका लागि वार्ता भइरहे पनि तनाव भने जारी छ ।