भारतमा कोरोना भाइरसबाट एकै दिन २ हजार बढीले ज्यान गुमाएका छन् । वल्डोमीटरका अनुसार मंगलबार भारतमा सबैभन्दा बढी २ हजार ६ जनाले ज्यान गुमाएका हुन् ।
योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या ११ हजार ९ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार १ सय ३५ नयाँ संक्रमित थपिएका छन् । योसहित त्यहाँ संक्रमित हुनेको संख्या ३ लाख ५४ हजार नाघेको छ । जसमध्ये १ लाख ८७ हजार ५ सय उपचारपछि निको भएका छन् ।
अहिले भारतमा १ लाख ५४ हजार ६ सय उपचार जारी छ । तिमध्ये ८ हजार ९ सयको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट बुधबार बिहानसम्म ८२ लाख ५१ हजार संक्रमित भएका छन् ।