मध्यअमेरिकी मुलुक होन्डुरसका राष्ट्रपति हुवाँ ओल्र्यान्डो हर्नाडेजलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अलजजिराका अनुसार उनी आफैंले यसबारे जानकारी दिएका हुन्। अन्य व्यक्तिभन्दा टाढै बसेर आफूले काम गरिरहेको र उपचार गराइरहेको उनले बताएका छन् ।
‘मुलुकको राष्ट्रपतिका रूपमा र नागरिकप्रतिको दायित्वका कारण मलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराउँछु,’ टेलिभिजनमार्फत सन्देश दिँदै उनले भने, ‘केही सातादेखि स्वास्थ्य त्यति सहज थिएन। परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो ।’
चिकित्सकले आफूलाई आराम गर्न सल्लाह दिएको तर आफ्ना सहायकहरूसँग दूरी बनाउँदै काम गरिरहेको उनले बताए ।