ब्राजिलमा कोभिड–१९ ले लियो झण्डै ५० हजार मानिसको ज्यान

दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाृउनेको संख्या झण्डै ५० हजार पुगेको छ । कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म कोभिड–१९ बाट ४९ हजार ९७६ जनाको ज्या नगएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार एकै दिन एक हजार २२ जनाको मृत्यु भयो ।

ब्राजिलमा कुल संक्रमितको संख्या १० लाख ६७ हजार हजार भन्दा बढी पुगेको छ । दक्षिण अमेरिकी देश ब्राजिल हाल कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ । परीक्षण अति कम भएकाले संक्रमित हुनेको संख्या अहिले भनिए भन्दा धेरै हुन सक्ने विज्ञले बताएका छन् । विज्ञका अनुसार ब्राजिलमा महामारीले उच्च तह पार गर्न अझै केही हप्ता लाग्ने बताएका छन् ।



ब्राजिल भन्दा अमेरिकामा मात्रै संक्रमित तथा मृत्यु हुनेको संख्या धेरै छ । अमेरिकामा २२ लाख ५५ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये एक लाख १९ हजार सात सय भन्दा बढीको ज्यान गएको छ ।

ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको गम्भीर आलोचना हुँदै आएको छ । सुरुमा बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई ‘सामान्य फ्लू’ भन्ने गरेका थिए ।

सम्बन्धित समाचार